तीब्र रूपमा घट्दो जन्मदर र वृद्धवृद्धाहरुको बढ्दो जनसंख्याको विकराल समस्याको सामना गरिरहेको जापानी समाजमा वृद्धवृद्धा तथा शारिरिक अशक्तहरूको हेरचाह गर्ने पेशाको रुपमा खाइगोफुकुसिसी ( नर्सिङ केयर गिभर ) ले मानव कल्याण र स्याहार-सुसार क्षेत्रको भार बहन गर्न महत्वपुर्ण भूमिका खेलेको छ।
यस विद्यालयमा नर्सिङ केयर विषयको विशेषज्ञको रुपमा हेरिने नर्सिङ केयर गिभरको तालिम दिनको लागि अत्याधुनिक उपकरण जडित नव निर्मित प्रशिक्षण भवनमा दक्ष प्रशिक्षकको व्यवस्था गरेको छ।
साथै , नर्सिङ केयरको विश्वव्यापीकरणलाई ध्यानमा राखेर विदेशी प्रशिक्षार्थीहरुको पनि भर्ना लिई, अन्तराष्ट्रिय वातावरण भएको विद्यालयको रुपमा यस कलेजको स्थापना भएको हो।भित्रि मनै देखि नर्सिङ केयर गिभर बन्ने लक्ष्य लिएका जापानी तथा विदेशी विद्यार्थीहरुलाई हामी सक्दो सहयोग गर्नेछौ।
यस विद्यालयमा नर्सिङ केयर गिभर तर्फको पहिलो पाइलाको रुपमा विद्यालयमा भर्ना हुनुहोस् ! तपाँइहरुको सपना साकार पार्नुहोस्।
प्रिन्सिपल नोबुओ यानागी
यस विद्यालयले ,आओइ खाइ समुहको विचारको रुपमा रहेको
「उपचार」 र 「रोकथाम」दुवैको अस्तित्व कायम राख्दै स्वस्थ जिवनको पूर्ण
रुपमा स्याहार गर्ने "कल्याणकारी मन" लाई स्याहार केन्द्रमा व्यवहारमै उतार्न
सक्ने नर्सिङ केयर गिभरको तालिमका लागि प्रयत्न गर्नेछ।
यस विद्यालयले कल्याण तथा नर्सिङ केयरमा विशेषज्ञता हासिल गर्न चाहने स्वदेशी तथा विदेशी विद्यार्थीहरूको लागि दुई वर्षको पाठ्यक्रमबाट नर्सिङ केयर गिभरको राष्ट्रिय योग्यता प्रमाणपत्र प्राप्त गराउने लक्ष्य राखेको छ। जापानको अत्याधिक वृद्धवृद्धा भएको समाजमा, वृद्धवृद्धा तथा शारिरिक असक्त व्यक्तिहरूको लागि "भरपर्दो स्याहार सुसार"को खाँचो छ। यस विद्यालयले, विवेकशील तथा संवेदनशील नर्सिङ केयर गिभर बन्ने लक्ष्य लिएर मानव कल्याणको फराकिलो दायराभित्र कार्य गर्न इच्छुक उच्च मानविय भावना भएका विद्यार्थीहरु खोजिरहेका छ।
यस नर्सिङ केयर तथा मानव कल्याण विभागमा 「नर्सिङ केयर」,「मानव र समाज」,「मन र शारीरिक प्रणाली」को विषयहरुलाई नर्सिङ केयरको सैद्धान्तिक आधारको रुपमा समावेस गरी पाठ्यक्रम निर्धारण गरिएको छ। नर्सिङ केयरलाई व्यवहारिक रुपमा काममा उतार्ने बेलामा विद्यालय भित्र सिकेका ज्ञान अथवा सीप र विद्यालय बाहिर हाँसिल गरेका प्रयोगात्मक ज्ञानलाई एकिकृत गर्ने गरि अगाडि बढाइनेछ। यी मध्ये, नर्सिङ केयरको क्षमता अभिवृध्दि गर्ने「स्याहार प्रक्रिया」मा 「पुर्वमुल्याङ्कन, योजना , कार्यान्वयन, मूल्याङ्कन」जस्ता ज्ञान र सीपहरूलाई तहगत रुपमा एकिकृत गरि अगाडि बढाईने छ । यस अलावा विदेशी विद्यार्थीहरुको नर्सिङ केयरको क्षमता अभिवृद्धि गराउनको लागि 「नर्सिङ केयरको व्यवहारिक जापानी भाषा」「बिजनेस जापानी भाषा」 र 「साङ्केतिक भाषा」जस्ता यस विद्यालयको आफ्नै पाठ्यक्रमहरु पनि निर्धारण गरिएको छ।
नर्सिङ केयर र कल्याण विभागमा, शिक्षा तथा समाज कल्याण कोर्सको निर्धारित कोर्स पूरा गरेर देहाय बमोजिमका सर्तहरु सबै पूरा गरेका विद्यार्थीहरूलाई व्यावसायिक योग्यता प्रमाणपत्र प्रदान गरिनेछ।
छात्रवृत्ति तथा शुल्क मिनाहको विशेष सहुलियतपुर्ण व्यवस्था
इबाराकी प्रिफेक्चर भित्र एवं वरीपरीका अनेकन नर्सिङ सेवा केन्द्रहरूमा व्यवहारीक तालिमहरू प्रदान गरिनेछ।
इबाराकी प्रिफेक्चर, चिबा प्रिफेक्चर , टोकियो र वरपरका धेरै नर्सिङ केयर केन्द्रहरुमा जागीर खोज्न सहयोग गरिनेछ।
स्थान | इबराकी केन, चुचिउरा सी, आराकावाओकि, निशी १ -१-२१ |
---|---|
सम्पर्क नम्बर | ०२९-८२८-६७७० |
नजिकको स्टेशन | ज्योबान सेन आराकावाओकि एकीमा झरेपछि निशीगुचि बाट पैदल २ मिनेट |
केयर गिभर बन्न इच्छुकहरु, यस सम्बन्धि रुचि भएकाहरुले सम्पर्क गर्नुहोस ।
ए ओ आई कोकुसाई फुकुसी सेनमोन गाक्को नयाँ भर्ना शाखा
फोन नम्बर: ०२९-८२८-६७७०(अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म)
इमेल: aoi-fukushi@aoikai.ac.jp
स्थायी तथा अस्थायी शिक्षकहरूको आवश्यकता
केयर गिभर अथवा नर्सिङको योग्यता प्रमाणपत्र प्राप्त गरी केयर गिभर प्रशिक्षकको तालिम पूरा गरेका व्यक्तिहरुको विज्ञापन खुल्ला गरिएको छ। नर्सिङ केयर गिभर सम्बन्धि पढाइ हुने विद्यालयमा काम गर्न इच्छुक व्यक्तिहरुले आवेदन गर्नु होला।
<सम्पर्क>
ए ओ आई AOI कोकुसाई फुकुसी सेनमोन गाक्को प्रशासन शाखा
फोन नम्बर: ०२९-८२८-६७७०(अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म)
इमेल: aoi-fukushi@aoikai.ac.jp