अभिवादन

तीब्र रूपमा घट्दो जन्मदर र वृद्धवृद्धाहरुको बढ्दो जनसंख्याको विकराल समस्याको सामना गरिरहेको जापानी समाजमा वृद्धवृद्धा तथा शारिरिक अशक्तहरूको हेरचाह गर्ने पेशाको रुपमा खाइगोफुकुसिसी ( नर्सिङ केयर गिभर ) ले मानव कल्याण र स्याहार-सुसार क्षेत्रको भार बहन गर्न महत्वपुर्ण भूमिका खेलेको छ।

यस विद्यालयमा नर्सिङ केयर विषयको विशेषज्ञको रुपमा हेरिने नर्सिङ केयर गिभरको तालिम दिनको लागि अत्याधुनिक उपकरण जडित नव निर्मित प्रशिक्षण भवनमा दक्ष प्रशिक्षकको व्यवस्था गरेको छ।

साथै , नर्सिङ केयरको विश्वव्यापीकरणलाई ध्यानमा राखेर विदेशी प्रशिक्षार्थीहरुको पनि भर्ना लिई, अन्तराष्ट्रिय वातावरण भएको विद्यालयको रुपमा यस कलेजको स्थापना भएको हो।भित्रि मनै देखि नर्सिङ केयर गिभर बन्ने लक्ष्य लिएका जापानी तथा विदेशी विद्यार्थीहरुलाई हामी सक्दो सहयोग गर्नेछौ।

यस विद्यालयमा नर्सिङ केयर गिभर तर्फको पहिलो पाइलाको रुपमा विद्यालयमा भर्ना हुनुहोस् ! तपाँइहरुको सपना साकार पार्नुहोस्।

प्रिन्सिपल नोबुओ यानागी

आवेदन लिने・ कागजपत्र मगाउने・ ओपन क्याम्पस बारे सोधपुछ

केयर गिभर बन्न इच्छुकहरु, यस सम्बन्धि रुचि भएकाहरुले सम्पर्क गर्नुहोस ।

ए ओ आई कोकुसाई फुकुसी सेनमोन गाक्को नयाँ भर्ना शाखा

फोन नम्बर: ०२९-८२८-६७७० (अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म )

इमेल: aoi-fukushi@aoikai.ac.jp

शैक्षिक कर्मचारी भर्ती सम्बन्धि

स्थायी तथा अस्थायी शिक्षकहरूको आवश्यकता

केयर गिभर अथवा नर्सिङको योग्यता प्रमाणपत्र प्राप्त गरी केयर गिभर प्रशिक्षकको तालिम पूरा गरेका व्यक्तिहरुको विज्ञापन खुल्ला गरिएको छ। नर्सिङ केयर गिभर सम्बन्धि पढाइ हुने विद्यालयमा काम गर्न इच्छुक व्यक्तिहरुले आवेदन गर्नु होला।

<सम्पर्क>

ए ओ आई AOI कोकुसाई फुकुसी सेनमोन गाक्को प्रशासन शाखा

फोन नम्बर: ०२९-८२८-६७७० (अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म )

इमेल: aoi-fukushi@aoikai.ac.jp

शिर्ष पृष्ठमा जाने

इबराकी केन, चुचिउरा सी, आराकावाओकि, निशी १ -१-२१

फोन नम्बर: ०२९-८२८-६७७०

Copyright © AOI International Welfare Specialized Training College.
All Rights Reserved.