शैक्षिक नीति

१) नयाँ भर्ना सम्बन्धि नीति (admission policy)

यस विद्यालयले कल्याण तथा नर्सिङ केयरमा विशेषज्ञता हासिल गर्न चाहने स्वदेशी तथा विदेशी विद्यार्थीहरूको लागि दुई वर्षको पाठ्यक्रमबाट नर्सिङ केयर गिभरको राष्ट्रिय योग्यता प्रमाणपत्र प्राप्त गराउने लक्ष्य राखेको छ। जापानको अत्याधिक वृद्धवृद्धा भएको समाजमा, वृद्धवृद्धा तथा शारिरिक असक्त व्यक्तिहरूको लागि "भरपर्दो स्याहार सुसार"को खाँचो छ। यस विद्यालयले, विवेकशील तथा संवेदनशील नर्सिङ केयर गिभर बन्ने लक्ष्य लिएर मानव कल्याणको फराकिलो दायराभित्र कार्य गर्न इच्छुक उच्च मानविय भावना भएका विद्यार्थीहरु खोजिरहेका छ।

२)पाठ्यक्रम सम्बन्धि नीति (curriculum policy)

यस नर्सिङ केयर तथा मानव कल्याण विभागमा 「नर्सिङ केयर」,「मानव र समाज」,「मन र शारीरिक प्रणाली」को विषयहरुलाई नर्सिङ केयरको सैद्धान्तिक आधारको रुपमा समावेस गरी पाठ्यक्रम निर्धारण गरिएको छ। नर्सिङ केयरलाई व्यवहारिक रुपमा काममा उतार्ने बेलामा विद्यालय भित्र सिकेका ज्ञान अथवा सीप र विद्यालय बाहिर हाँसिल गरेका प्रयोगात्मक ज्ञानलाई एकिकृत गर्ने गरि अगाडि बढाइनेछ। यी मध्ये, नर्सिङ केयरको क्षमता अभिवृध्दि गर्ने「स्याहार प्रक्रिया」मा 「पुर्वमुल्याङ्कन, योजना , कार्यान्वयन, मूल्याङ्कन」जस्ता ज्ञान र सीपहरूलाई तहगत रुपमा एकिकृत गरि अगाडि बढाईने छ । यस अलावा विदेशी विद्यार्थीहरुको नर्सिङ केयरको क्षमता अभिवृद्धि गराउनको लागि 「नर्सिङ केयरको व्यवहारिक जापानी भाषा」「बिजनेस जापानी भाषा」 र 「साङ्केतिक भाषा」जस्ता यस विद्यालयको आफ्नै पाठ्यक्रमहरु पनि निर्धारण गरिएको छ।

३). योग्यता प्रमाणपत्र वितरण सम्बन्धि नीति (diplomatic policy)

नर्सिङ केयर र कल्याण विभागमा, शिक्षा तथा समाज कल्याण कोर्सको निर्धारित कोर्स पूरा गरेर देहाय बमोजिमका सर्तहरु सबै पूरा गरेका विद्यार्थीहरूलाई व्यावसायिक योग्यता प्रमाणपत्र प्रदान गरिनेछ।

  • 〈१〉हाम्रो विद्यालयको नर्सिङ केयर तथा कल्याण संकायमा २ वर्ष वा माथिको अध्ययन गरेका र निर्धारित सबै विषयका पाठ्यक्रमहरु पूरा गरेका विद्यार्थीहरु।
  • 〈२〉अर्ध वार्षिक रुपमा लिइने निर्धारित परीक्षामा प्रत्येक विषय (नर्सिङ केयरका प्राक्टीकल सहित) मा उत्तिर्ण हुनको लागि तोकिएको न्युनतम अङ्क प्राप्त गरेका विद्यार्थीहरु।
  • 〈३〉कोर्सको विभागिय बैठकले नर्सिङ केयर र कल्याण विषयको अध्ययन पूरा गर्नको लागि शारिरीक तथा मानसीक रुपमा उपयुक्त छ भनि ठहर्याएको विद्यार्थी।
  • 〈४〉तोकिएको अध्ययन शुल्क तथा अन्य सबै शुल्कहरु तिरि बाँकि बक्यौता नभएको बिद्यार्थी।

आवेदन लिने・ कागजपत्र मगाउने・ ओपन क्याम्पस बारे सोधपुछ

केयर गिभर बन्न इच्छुकहरु, यस सम्बन्धि रुचि भएकाहरुले सम्पर्क गर्नुहोस ।

ए ओ आई कोकुसाई फुकुसी सेनमोन गाक्को नयाँ भर्ना शाखा

फोन नम्बर: ०२९-८२८-६७७० (अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म )

इमेल: aoi-fukushi@aoikai.ac.jp

शैक्षिक कर्मचारी भर्ती सम्बन्धि

स्थायी तथा अस्थायी शिक्षकहरूको आवश्यकता

केयर गिभर अथवा नर्सिङको योग्यता प्रमाणपत्र प्राप्त गरी केयर गिभर प्रशिक्षकको तालिम पूरा गरेका व्यक्तिहरुको विज्ञापन खुल्ला गरिएको छ। नर्सिङ केयर गिभर सम्बन्धि पढाइ हुने विद्यालयमा काम गर्न इच्छुक व्यक्तिहरुले आवेदन गर्नु होला।

<सम्पर्क>

ए ओ आई AOI कोकुसाई फुकुसी सेनमोन गाक्को प्रशासन शाखा

फोन नम्बर: ०२९-८२८-६७७० (अफिस समय : बिहान ९ बजे~बेलुकी ५ बजे सम्म )

इमेल: aoi-fukushi@aoikai.ac.jp

शिर्ष पृष्ठमा जाने

इबराकी केन, चुचिउरा सी, आराकावाओकि, निशी १ -१-२१

फोन नम्बर: ०२९-८२८-६७७०

Copyright © AOI International Welfare Specialized Training College.
All Rights Reserved.